Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियखालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्या

खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्या


एजेन्सी । खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्या भएको छ । क्यानडाको सरेस्थित गुरुनानक सिंह गुरुद्वारा नजिकै दुई मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले निज्जरमाथि गोली हानेर भागेका थिए ।

निज्जर क्यानडामा सिख फर जस्टिसका प्रमुख र खालिस्तानी टाइगर फोर्सका प्रमुख पनि थिए।

उनले क्यानडामा बसेर भारतविरुद्ध राष्ट्रविरोधी गतिविधि गरिरहेको आरोप लागेको थियो ।

सन् २०२१ मा पञ्जाबको जालंधरमा हिन्दू पुजारीको हत्यामा हरदीप सिंह निज्जरको नाम आएको थियो । यसबाहेक राज्यका अन्य धेरै घटनामा उनको भूमिका रहेको बताइएको थियो ।

गत वर्ष पनि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले हरदीप सिंहमाथि १० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो।

यसै क्रममा भारत सरकारले निज्जरलाई वान्टेड आतंकवादी घोषणा गरेको थियो । उनको नाम भारत सरकारले जारी गरेको ४० मोस्ट वान्टेड आतंकवादीको सूचीमा पनि रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

Techie IT