Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा निवेदन

‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा निवेदन


एजेन्सी । प्रभास स्टारर ‘आदिपुरुष’ जुन १६ मा रिलिज भएदेखि नै विवादमा परेको छ । फिल्मको रिलिज रोक्नको लागि दिल्ली हाईकोर्टमा निवेदन परेको छ ।

यो याचिका हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताको तर्फबाट दायर गरिएको हो । निवेदनमा फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरिएको छ ।

विष्णु गुप्ताले निवेदनमा भनेका छन् – फिल्ममा हाम्रा आराध्य देवताहरूलाई गलत रूपमा चित्रण गरिएको छ, जुन आपत्तिजनक छ । त्यसैले यस्तो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्छ ।

चलचित्र आदिपुरुषमा भगवान राम, सीता र हनुमानलाई जसरी चित्रण गरिएको छ त्यो महर्षि वाल्मीकिको रामायण र तुलसीदासको रामचरितमानससँग विपरित रहेकोले फिल्म रोक्न माग गरिएको निवेदनमा उल्लेख छ ।

जुन विवाद फिल्म रिलिजअघि भएको थियो, अहिले फिल्म रिलिजपछि पनि त्यही विवाद भइरहेको छ । फिल्मलाई लिएर सामाजिक सञ्जालमा बहिष्कारको ट्रेन्ड देखिएको छ ।

ओम राउत निर्देशित चलचित्र ‘आदिपुरुष’मा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सन्नी सिंहको अभिनय रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरे

काठमाडाैँ । गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । आफ्नो फिल्म “वसन्त” काे सुटिङ पूरा

डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधि

काठमाडाैँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको

‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने

काठमाडाैँ । डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली टच-नेपालले

सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४

काठमाडौँ । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले

चलचित्र ‘एक्लो’को छायाँकन सकियाे

काठमाडौँ । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको

मिस टिन नेपालमा २० जनाले भाग लिने

काठमाडौँ । काठमाडौँ जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् । आयोजक काठमाडौं

Techie IT