एजेन्सी । कतै गोलीबारी त कतै आगजनी, मणिपुरमा जारी तनावका बीच इम्फालमा फेरि हिंसा भड्किएको छ ।
आक्रोशित भीड र सुरक्षाकर्मीबीच झडप भएको बताइएको छ । उक्त झडपमा परी दुई जना सर्वसाधारण घाइते भएका छन् ।
यस क्रममा भाजपा नेताहरुको घरमा आगजनी गर्ने प्रयास पनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मे महिनाको सुरुमा राज्यमा भड्किएको हिंसापछि सुरक्षा बलले स्थितिलाई सामान्य बनाउन निरन्तर प्रयास गरिरहेको छ, तर हिंसाका घटना भने रोकिएको छैन ।
बिहीबार केन्द्रीय मन्त्री आरके रञ्जन सिंहको घरमा आगो लगाइएपछि शुक्रबार भीडले सुरक्षा बलसँग झडप गरेको थियो।
सो क्रममा केही घरमा आगजनी गर्ने प्रयास पनि भएको थियो । यस झडपमा दुई सर्वसाधारण घाइते भएका हुन् ।