Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थदिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड

दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड


कास्की । गण्डकी प्रदेश सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको छ । अर्थमन्त्री जितप्रकाश आलेले सरकारको आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै राजस्व परिचालन र सुधारका लागि सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको बताए ।
राजस्वका स्रोत र क्षेत्र विश्लेषण, सम्भावित आधारको पहिचान, राजस्व सम्भाव्यता अध्ययन, राजस्व चुहावट नियन्त्रण र राजस्व प्रशासनमा सूचना प्रविधिको अधिकतम उपयोग गरी दिगो, फराकिलो र चुस्त राजस्व प्रणाली विकासमा जोड दिइएको उनले बताए ।
नेपालको संविधानले तोकोबमोजिम प्रदेशको क्षेत्राधिकारभित्र रही आन्तरिक राजस्वको क्षेत्रमा करका केही दरलाई घटाई अन्य दरलाई यथावत् राखिएको बताउँदै मन्त्री आलेले यसरी कम हुने राजस्वलाई सम्भावित नयाँ क्षेत्रहरूमा राजस्वको दायरा थप गरी परिपूर्ति गर्ने नीति अवलम्बन गरेको बताए ।
कर र गैरकर राजस्व सङ्कलनलाई वस्तुनिष्ट र प्रभावकारी बनाउन राजस्व सङ्कलन गर्ने निकाय परिभाषित गरी ती निकायको यथार्थपरक राजस्वको लक्ष्य निर्धारण गरिने सरकारले जनाएको छ । राजस्व सङ्कलनलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन राजस्व सङ्कलन गर्ने जिम्मेवार पदाधिकारीबाट सम्पादित कार्यलाई कार्यसम्पादन मूल्याङकनसँग आबद्ध गरिने उनले बताए ।
यातायात सेवाको व्यवस्थापन, सवारी दर्ता नवीकरण, कर भुक्तानी र सवारी चालक अनुमतिपत्रको वितरणलाई सरल, सहज र सर्वसुलभ बनाउन यातायात व्यवस्था कार्यालय र सवारी चालक अनुमतिपत्रलगायत कार्यालय क्रमशः विस्तार गर्दै लगिने सरकारको योजना छ । सेवा प्राप्तिमा आधुनिकीकरण गर्न ‘सर्भिस फ्रर्म होम’, अनलाइन सेवा प्राप्तिलाई विद्युतीय प्रणालीमार्फत सुदृढीकरण गर्दै लगिने भनिएको छ ।
जग्गा प्रशासनको कार्यजिम्मेवारी स्थानीय तहमा हस्तान्तरण नहुँदासम्म घरजग्गा रजिष्ट्रेसन, प्रशासनिक सेवा शुल्क र जरिवाना साबिकबमोजिम नै मालपोत कार्यालयबाट सङ्कलन हुने व्यवस्थालाई सरकारले निरन्तरता दिएको छ ।
सवारी साधन करलाई एकल कर प्रशासनमार्फत प्रदेश सरकारका यातायात व्यवस्था कार्यालय र यातायात शाखाबाट सङ्कलन गरी बाँडफाँट गरिने उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०-८१ को लागि यसरी सङ्कलन गरिने सवारी साधन करमध्ये स्थानीय तहमा हस्तान्तरण गरिने राजस्व रू ८० करोड हुने सरकारले अनुमान गरेको छ ।
प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रही पर्यटन शुल्कको दायरा विस्तार गरिएको जनाउँदै सरकारले पर्यटकीय लगानी गर्न नेपाल सरकार र स्थानीय तहसँग समेत सहकार्य गर्ने उल्लेख गरेको छ । पर्यटन शुल्कबापत सङ्कलन हुने राजस्व स्थानीय तह र जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयबाट सङ्कलन हुने व्यवस्था मिलाएको मन्त्री आलेले बताए ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ…

काठमाडाैँ । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नु परेकाले

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका

उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ ।

घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न ‘अल्टिमेटम’

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’

Techie IT