Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालपरराष्ट्रमन्त्रीद्वारा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त

परराष्ट्रमन्त्रीद्वारा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिकको कार्य सहजता एवं सुरक्षाका लागि नविनतम् प्रविधि प्रयोगको सम्भाव्यता पहिचानमा सङ्गोष्ठी फलदायी भएको बताएका छन् ।

काठमाडौँमा सञ्चालन भएको सातौँ संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी समापन समारोहमा उनले दक्षिण एसियामै पहिलो पटक महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने अवसर नेपाललाई प्राप्त भएकोमा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त गरे ।

परराष्ट्रमन्त्री साउदले विश्व शान्ति स्थापना कार्यमा नेपालले पुर्याउँदै आएको योगदानको स्मरण गर्दै भविष्यमा राष्ट्रसङ्घसँग नेपालको साझेदारी कायम रहने बताए ।

संयुक्त राष्ट्रसङ्घ सहयोग कार्य विभाग हेर्ने उपमहासचिव अतुल खरेले सफलतापूर्वक सङ्गोष्ठी आयोजना गरेकोमा नेपाल सरकार र नेपाली सेनाको सराहना गरे । उनले नेपालको प्रस्ताव अनुरुप काठमाडौँस्थित लेभल चारको वीरेन्द्र अस्पताललाई सिरियामा सम्बद्ध गराउने विषयमा तत्काल आवश्यक प्रक्रिया शुरु गरिने तथा महिला शान्ति सैनिकले बासस्थानलगायत दुर्गम स्थानमा खटिँदा भोगिरहेका चुनौतीहरुलाई विशेषरुपले सम्बोधन गरिने बताए ।

डिजिटल रुपान्तरणका लागि प्रयोग गर्ने प्रविधि नाराका साथ असार ३० गतेदेखि आयोजित सङ्गोष्ठीमा अहिलेसम्मकै धेरै विषयविज्ञको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शान्ति स्थापनार्थ तैनाथ मिशनहरुका लागि आवश्यक प्रविधिको सम्भाव्यता सम्बन्धमा सकारात्मक नतिजा निकाल्न गोष्ठी सफल भएको विज्ञहरुको ठहर छ ।

गोष्ठीमा शान्ति सेनाको सुरक्षाको लागि प्रविधिको प्रयोग, एकीकृत प्रशिक्षण र क्षमता निर्माण, संयुक्त राष्ट्रसङ्घ स्मार्ट शिविर र टेलिमेडिसिनजस्ता विषयमा सहभागी प्रतिनिधिले छलफलपश्चात निकालेका निष्कर्ष आगामी दिनमा उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधान सेनापति, राष्ट्रसङ्घका सहायक महासचिवद्वय बेर्नार्दो मारियानो र मार्था हेलेना, रक्षा सचिव, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि, राजदूत, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका प्रमुख एवं प्रतिनिधि सो अवसरमा सहभागी थिए ।

सङ्गोष्ठीमा विश्वका विभिन्न स्थानमा तैनाथ ११ वटा शान्ति मिशनका प्रतिनिधि एवं संयुक्त राष्ट्रसङ्घका ४२ सदस्य राष्ट्रका प्रतिनिधि तथा विषय विज्ञको सहभागिता रहेको निर्देशनालयले जनाएको छ । नेपाल शान्ति सैनिक र प्रहरी खटाउने देशहरुको वरियतामा दोस्रो तथा सबैभन्दा धेरै महिला शान्ति सैनिकहरु पठाउने देशको रुपमा रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

आज हरितालिका तीज

काठमाडौँ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ

Techie IT