Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलपोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु

पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु


पोखरा। पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता आजदेखि सुरु भएको छ। पोखरा रङ्गशालामा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले शुभारम्भ गरे।

सो अवसरमा उनले व्यायाम र मनोरञ्जनमात्र नभई खेलकुदले देशको प्रतिष्ठा बढाउने र खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो लगानी गर्ने उल्लेख गरे।

प्रदेश खेलकुद परिषद्को आयोजना र कास्कीस्थित जिल्ला भारत्तोलन सङ्घको व्यवस्थापनमा आयोजित प्रतियोगितामा कर्णालीबाहेक छ प्रदेशका ५७ खेलाडी सहभागी छन्। “स्थानीयस्तरमा रहेका खेलाडीको प्रोत्साहनका लागि यो प्रतियोगिता राखिएको हो, यसमा विभागीय टिमका खेलाडी सहभागी छैनन्”, सङ्घका अध्यक्ष राजन बडगामीले भने।

प्रतियोगितामा महिलातर्फ ४९, ५९, ७१, ८१ किलो तौल समूह तथा पुरुषतर्फ ६१, ७३, ८९ र एक सय दुई किलो तौल समूहका खेलाडीले भाग लिएका छन्।

प्रतियोगितामा विजेता खेलाडीलाई पदक र प्रमाणपत्रले सम्मान गरिने परिषद्का सूचना अधिकारी तोपलाल भुसालले जानकारी दिए। प्रतियोगिता शनिबारसम्म चल्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT