Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा रिलिज हुने

सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा रिलिज हुने


काठमाडौँ। अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ। रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ।

यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ। नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ। चलचित्रको बिषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए। “पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजीको कथामा गएर म अड्किएँ। त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ। मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो” खनालले भने, “लेख्नेले त लेखेर आफ्नो दायित्व पुरा गरे।

एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ। त्यसकारण मैले उक्त कथालाई चलचित्रको स्क्रिप्ट लेखी र चलचित्र बनाए। हामी एक्काइसौ शताब्दीमा छौं, समानताको कुरा गर्छौं तर कर्म गर्दैनौँ। मैले यो सिनेमाको माध्यमबाट कर्म गर्न खोजेको हो”, उनले बताए।

निर्माता सुरेश वाग्लेले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यसले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने बताए। उनले त्यसकारण नै चलचित्र बनाएको बताए। यहि चलचित्रबाट चलचित्र अभिनयमा प्रवेश गरेकी प्रमिला कार्कीले नयाँ भएको कारण अग्रजहरु सँग काम गर्ने आफ्नो ईच्छा रहेको बताइन्। उनले भनिन्, ‘पहिलो चलचित्र नै सबै अग्रज हरु संग काम गर्न पाउँदा एकदमै खुशी छु। उनले आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्देशक सरोज खनाल लाई बिशेष धन्यवाद दिन चाहन्छु।’

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ। ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ। ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT