Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबार्सिलोना स्पेनमा छायाँकन गरिएको अघि बढ्ने छु सार्वजनिक

बार्सिलोना स्पेनमा छायाँकन गरिएको अघि बढ्ने छु सार्वजनिक


काठमाडौँ। गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको ‘अघि बढ्ने छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रक भर्सनको यस गीतलाई डेकेन्द्र श्रेष्ठले लेखेका हुन्।

बार्सिलोना स्पेनको द एन्जल साउन्ड स्टुडियोमा गीतको साउण्ड पोस्ट प्रोडक्सनको काम भएको हो। ‘रोसालिया’ जस्ता विश्वका चर्चित कलाकारको गीतमा साउण्ड मिक्सिङको काम गरिसकेका स्पेनिसले नेपाली गीतमा साउण्ड मिक्सिङ गर्न पाउदा खुशी व्यक्त गरेका छन्।

गीतकार श्रेष्ठले भने ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ। यसले मलाई थप हौसला प्रदान गरेको छ।’ यो गीतको गितको कन्टेन्ट र भावना राम्रो छ। दर्शक स्रोताले गीतलाई मन पराउने कुरामा उनी आशावादी छन्।

युरोपको अति रमणिय ठाउँ बार्सिलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो। म्युजिक भिडियोमा सुजता कँडेल र अनन्त लामिछानेको अभिनय रहेको छ। सजिन श्रेष्ठ सहाएक निर्देशक रहेको यो गीतको भिडियोलाई सुरज मैनाली बार्सेलोनाको निर्देशनमा तयार पारिएको हो।

भिडियो गीतकार श्रेष्ठको युट्युव च्यानल ‘डेकेन्द्र प्रोडक्सन’मार्फत सार्वजनिक गरिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT