Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनपर्यटकको सुरक्षाका लागि शे–फोक्सुण्डो तालमा प्रहरीचौकी स्थापना

पर्यटकको सुरक्षाका लागि शे–फोक्सुण्डो तालमा प्रहरीचौकी स्थापना


जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे(फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुण्डोे ताल पुगेर अस्थायी प्रहरी पोष्टको स्थापना गरेका हुन् ।

आन्तरिक तथा विदेशी पर्यटकको आगमन भइरहने सुन्दर पर्यटकीयस्थल शे–फोक्सुण्डोेमा आपराधिक क्रियाकलाप हुन नपाओस् भनेर पहिलो पटक अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको र यसलाई विस्तारै स्रोतसाधनले सम्पन्न गराएर स्थायी बनाइने प्रदेश ढकालले बताए ।

त्यसैगरी पछिल्लो समय शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन वृद्धि भइरहेकाले पर्यटकलाई सुरक्षा प्रदान गर्न तथा ‘सुरक्षित शे–फोक्सुण्डोे सुरक्षित पर्यटक’ भन्ने अवधारणाअनुरूप छिट्टै शे–फोक्सुण्डोमा पर्यटक प्रहरी युनिटकोसमेत स्थापना गरिने प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए । शे–फोक्सुण्डो ताल हेर्न जानेको दैनिक भीड लाग्ने गरेको छ ।

चिसो मौसममा उपल्लो डोल्पाका सात प्रहरीचौकी सदरमुकाम दुनै सार्ने गरिन्छ । आवश्यक व्यवस्थापन नहुँदा प्रहरीचौकी दुनै सारिँदै आइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका

एक महिना लामो गुँला पर्व सकियो

काठमाडौँ । एक महिना लामो गुँला पर्व बुधबार विधिवत रुपमा सम्पन्न भएको छ । गुँला पर्व कै अवसरमा लक्ष्य चैत्य

टानको अध्यक्षमा सागर पाण्डे विजयी

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । माओवादी केन्द्र निकट पर्यटन

अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता

काठमाडौँ । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला

घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता

कास्की । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण

ललितपुरमा आज न्यकू जात्रा मतयाः

काठमाडाैँ । ललितपुरमा आज न्यकू जात्रा मतयाः मनाइँदैछ । यो जात्रामा ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूरलाई आधार

Techie IT