डगमरामा स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर
काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ । राजपुर गाउँपालिका र छाया नेपालको सहयोगमा निर्मित अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर बिहीबारदेखि सञ्चालनमा आएको छ ।
रु ५७ लाखको लागतमा निर्मित स्वास्थ्य इकाइले स्थानीय बासिन्दामा नयाँ आशाको सञ्चार गराएको स्थानीयले जनाएका छन् । छाया नेपालको रु ४४ लाख ५० हजार र गाउँपालिकाको रु १२ लाख ५४ हजार सहयोगमा निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
बिहीबार लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले बिहीबार बर्थिङ सेन्टर शुभारम्भ गरे । उनले प्रदेश सरकार दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको बताए ।
गाउँपालिका अध्यक्ष शरद्कुमार बुढाथोकीले इकाइ स्थापनासँगै स्थानीयलाई सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले जीर्ण भवनबाट सेवा दिइरहेको स्वास्थ्य चौकीको नयाँ भवन निर्माणले स्थानीय निकै लाभान्वित हुने बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा
बैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । ज्योती विकास
काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ
भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा