गृहपृष्ठ ∕
जीवनशैली ∕
पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै आएका पूर्वराजाले बिहीवार शुद्वोधन गाउपालिका पाँचको शित्तलपाटीमा रहेको मन्दिरमा पत्नी कोमल र परिवारका सदस्यका साथ पुगेर पूजाअर्चना गरेका हुन ।
पूर्वराजालाई सुबेच्छुक र सर्वसाधारणले भब्य स्वागत तथा अभिनन्दन गरेका थिए ।
पश्चिमका जनताको पीर मर्का बुझ्न भन्दै निस्केका पूर्वराजा शाहले मन्दिर दर्शन गर्न जाँदा स्थानीयसँग भलाकुसारी समेत गरेका थिए । पूर्वराजालाई स्वागत गर्दै स्थानीयले मुलुकमा राजसंस्था अझै आवश्यक रहेको बताएका छन् ।
एकसाता अघि पूर्वराजाले भारतको गोरखपुर पुगेर गोरखनाथको पूजाअर्चना गरेका थिए । त्यसअघि उनले कपिलबस्तु र रुपन्देहीका शक्तिपीठमा पनि पूजाअर्चना गर्नुका साथै स्थानीयसँग भलाकुसारी गरेका थिए । तराई मधेस क्षेत्रको भ्रमणका क्रममा पूर्वराजाले धार्मिक स्थलको भ्रमण गर्ने गरेका छन । साथै उनले नागरिकका समस्याबारे जानकारी समेत लिने गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर