गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अफगानिस्तानमा निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु, ३५ जना बेहोसअफगानिस्तानमा निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु, ३५ जना बेहोस नेपाली पत्र बिहीबार, २०८० जेठ ३२ गते, ११:४७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् । साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो ।उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन् । सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् । बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा निस्सासिएर एकजना मजदुरको मृत्यु भएको थियो भने अर्का एकजना बेहोस भएका थिए । ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । #अफगानिस्तानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ताएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयोएजेन्सी । उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तनएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् । स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दैएजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणाएजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणाधेरै पढिएका खबर १ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ४ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई ५ भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्यु ६ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ७ नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तThe Film Nepal