गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योटर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो नेपालीपत्र बुधबार, २०८१ माघ ९ गते, १०:२९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।टर्कीको बोलुमा रहेको स्की रिसोर्ट ग्रान्ड कार्टल होटलमा भएको आगलागीमा परी ७६ जनाको मृत्यु हुनुका साथै ५१ जना घाइते भएका छन् । १२ तले होटलको चौथो तलाको रेस्टुरेन्ट क्षेत्र बाट आगलागी शुुरु भएको प्रारम्भिक रिपोर्टले जनाएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगो माथिल्लो तल्लाहरूमा छिट्टै फैलिएको थियो । बोलुका अधिकारीहरुले आगलागी शुरु हुँदा होटलमा २ सय ३४ जना पाहुना रहेको बताएका छन् । दुई जनाको मृत्यु झ्याल बाट हामफालेर भएको जनाइएको छ ।अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो ।आगलागी बाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटल भित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको समाचारमा उल्लेख छ । #टर्कीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउएजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १० चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाएजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्युएजेन्सी । अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डढेलोका कारण ५ जनाको मृत्यु हुनुका साथै हजारौं संरचना ध्वस्त हुँदा लाखौं विस्थापितधेरै पढिएका खबर १ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ २ काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ ३ चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन ४ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ५ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक ६ दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ ७ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?The Film Nepal