Techie IT
२०८१ माघ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ

काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ


काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

अपहरणमा परेका चिनियाँ नागरिकको मकवानपुरको भीमफेदीबाट उद्धार गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । हिजो ठमेलबाट एक जना चिनियाँ नागरिक अपहरणमा परेको खबर आएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

सम्भावित ठाउँ र नाकामा जाँच गर्दा शुरूमा गाडीका चालक र एक जना भारतीय नागरिक पक्राउ परेका र पछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भागेका दुई जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका र उद्धार गरिएका व्यक्तिको परिचय खुलाएको छैन । थप अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश

अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद

रुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

काठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

Techie IT