Techie IT
२०८१ माघ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ


एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्।

दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १० बजे पक्राउ गरिएको हो । पक्राउ पर्ने युन पहिलो कोरियाली राष्ट्रपति हुन् । उनलाई सउल स्थित निवास बाटै पक्राउ गरिएको हो ।

यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालय बाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।

गत डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयास पछि उनी माथि राज्य द्रोहको आरोप लागेको छ। संसदमा महाअभियोग प्रस्ताव पुगे पछि उनी निलम्बित भएका थिए ।

पक्राउको क्रममा यूनको आधिकारिक निवास बाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको समाचारमा उललेख छ ।

यस अघि युनलाई पक्राउ गर्ने प्रयास असफल भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका

अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डढेलोका कारण ५ जनाको मृत्यु हुनुका साथै हजारौं संरचना ध्वस्त हुँदा लाखौं विस्थापित

चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते

एजेन्सी । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको

ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

एजेन्सी । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

वाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।

बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै

एजेन्सी । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता शुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको

Techie IT