Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्छ: अध्यक्ष दाहाल

भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्छ: अध्यक्ष दाहाल


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् । अध्यक्ष दाहालले सुशासनको पक्षमा इमानदारिताका साथ भ्रष्टाचार विरुद्ध जसरी जानुपर्ने हो त्यसरी जान नसकेको स्वीकार समेत गरे ।

अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एक भई जानुपर्ने र एकले अर्कोलाई दोषारोपण गरेर नहुने बताए । आफू भावुक प्रकृतिको भएकाले कहिले काहीँ आफूले बोलेका शब्द तल माथि पर्नसक्ने उनको भनाइ थियो ।

यस्तै, नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताए । नेता केसीले भ्रष्टाचारको छानविन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढंग बाट न्याय दिन सक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्ति सम्पन्न समिति गठनको प्रस्ताव समेत गरे ।

यसैगरी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताए । प्रमुख सचेतक बर्तौलाले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थिति तर्फ उन्मुख भएको समेत उल्लेख गरे । उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रति लक्षित गर्दै भविष्यमा कतै भेटै नहुने गरी अभिव्यक्ति नदिन आग्रह समेत गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT