Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखक

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखक


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले १० वर्षको अभ्यासका क्रममा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्ने जानकारी दिए ।

‘हामी तत्कालै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको एउटा संयुक्त कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौं,’ उनले भने ।

गृहमन्त्री लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताए ।

‘संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौं,’ उनले भने, ‘संविधानमा समासामयिक रूपले परिमार्जन गर्नेछौं।’

कांग्रेस नेता समेत रहेका लेखकले संविधानको संशोधन केही पार्टीको निर्णयले मात्रै नहुने बताए । ‘दुई वटै पार्टी मिलेर गरे पनि हुँदैन, हामी छलफल प्रारम्भ गर्दछौं, संविधानको समीक्षा र विषयवस्तुहरूको पहिचान गर्दछौं,’ उनले भने, ‘हामी चरणबद्ध रूपमा यसलाई अघि बढाउँछौँ ।’

संविधान संशोधनको क्रममा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्ने र पहिचान गरिएका विषयहरूमा सहमति गरेर मात्रै संविधान संशोधन गर्ने उनले स्पष्ट पारे ।

‘भोलिको पर्सि संविधान संशोधन हुने होइन र संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो,’ उनले भने ।

गृहमन्त्री लेखकले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेमा प्रतिबद्ध रहेको बताए ।

उनले संविधानको भावनाअनुसार दलितहरूका हक, अधिकारलाई सुनिश्चित गर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

रवि लामिछाने कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान

Techie IT