गृहपृष्ठ ∕
खेल ∕
एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका वडा नं ०२ घर भई हाल कीर्तिपुर नगरपालिका ०८ पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिका ०१ घर भई हाल कीर्तिपुर नगरपालिका ०७ भाजङगल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन् ।
त्रिवि क्रिकेट ग्राउण्डमा एनपीएलको जनकपुर बोल्टस र सुदुरपश्चिम रोयलबीचको फाइनल खेल सकिएपछि केहि व्यक्तिहरुले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा बिभिन्न व्यक्तिहरुमाथि अभद्र व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । पीडितहरुले कुटपिट तथा अभद्र व्यवहार गर्नेहरुविरुद्ध जाहेरी दिएका थिए ।
पीडितहरुको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न दुई जनालाई हिजो साझँ पक्राउ गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको