अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर
सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले हजारौँ स्थानीय बासिन्दालाई घर छाड्न आदेश दिएको छ । झन्डै पाँच सय जनाको उद्धार भएको छ ।
भक्टोरियाको आपतकालीन सेवा एजेन्सीका अनुसार मेलबर्नबाट लगभग दुई सय ४१ किलोमिटर पश्चिममा रहेको ग्राम्पियन्स नेशनल पार्क र वरपरको आगलागी नियन्त्रणबाहिर पुगेको हो । आगलागि भएको जङ्गलमा पर्याप्त कच्चा इन्धन रहेकाले निभाउन मुस्किल परिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । आगो ३४ हजार हेक्टरमा फैलिएको छ ।
गएको मंगलवार चट्याङ परेपछि जङ्गलमा आगो शुरु भएको थियो । हिजो शनिवार एक सय वटाभन्दा धेरै ट्याङ्कर र २५ वटा विमानसहित सयौँ अग्नि नियन्त्रक खटिए पनि आगो निभाउन नसकिएको खबरमा उल्लेख छ । अष्ट्रेलियाका अधिकारीहरूले यो गर्मीमा धेरै जङ्गली डढेलको उच्च जोखिम रहेको चेतावनी दिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को
काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त
एजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौन
काठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा
एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटक जस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको