Techie IT
२०८१ पुस १, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थगणपूरक सङ्ख्या नपुग्दा अर्थसमिति बैठक स्थगित

गणपूरक सङ्ख्या नपुग्दा अर्थसमिति बैठक स्थगित


काठमाडौं । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ ।

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो । तर गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।

अर्थ समितिमा तत्काल कायम सदस्यको सङ्ख्या २३ रहेकोमा आजको बैठकमा सभापति चालिसेसहित आठ जनाको मात्रै उपस्थिति थियो ।

सुरक्षित कारोबार विधेयकमाथि छलफलका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बोलाइएको थियो । तर अर्थमन्त्री पौडेल पनि बैठकमा उपस्थित भएनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दूध बेचेरै मासिक १ लाख बढी आम्दानी

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक १ लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६

५ महिनामा २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर

‘ज्योति ग्रुप’ औपचारिक रुपमा विभाजन

काठमाडाैँ । देशकै पुरानोमध्येको एक ‘ज्योति ग्रुप’ औपचारिक रुपमा विभाजन भएको छ । एकसय चार वर्षअघि मणिहर्ष ज्योतिले स्थापना गरेको

मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो

म्याग्दी। मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ। चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर

कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न…

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम र पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा यूपीआई (युनियनपे इन्टरनेसनल) का कार्ड स्वीकार गर्ने

Techie IT