गृहपृष्ठ ∕
नेपाल ∕
जाजरकोटमा जीप दुर्घटना हुँदा १ शिशु सहित ५ जनाको मृत्यु जाजरकोटमा जीप दुर्घटना हुँदा १ शिशु सहित ५ जनाको मृत्यु
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा जीप चालक इन्द्रजित थापा, शारदा थापा, शिला पुन र लक्ष्मी पुनको घटनास्थलमै मृत्यु भएको हो । लक्ष्मी पुनको एक महिनाको छोराको पनि दुर्घटनामा ज्यान गएको छ । दुर्घटनामा जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा घाइते भएका छन् । उनको टाउको र अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको नगर अस्पताल दल्ली जाजरकोटमा उपचार भइरहेको छ ।
यस्तै, अर्का घाइते नलगाड नगरपालिका–७ बस्ने २१ वर्षीय जिवन बिक नगर अस्पताल दल्लीमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका प्रहरीले जनाएको छ । बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डको बाँस्कुटीको उकालो घुम्ती नजिक मा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो ।
जिप एक्कासी ब्रेक फेल भई सडक बाट अन्दाजी ७ सय देखि ८ सय मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी