Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलसाउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने

साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने


काठमाडौं । साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गरेको छ ।

१० वर्ष पछि हुने यो विश्वकपलाई लिएर नेपालको पनि चासो छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मध्यपूर्वी राष्ट्र साउदीलाई अधिकार दिइएको घोषणा गरेका हुन् । फिफाको एक्स्ट्रा अर्डिनरी कंग्रेसको भर्चुअल बैठकले साउदीलाई विश्वकप आयोजक राष्ट्रका रूपमा स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकमा फिफाका सबै २११ सदस्य राष्ट्रको उपस्थिति थियो । साउदीलाई विश्वकप गर्न दिएकोमा भने मानवअधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूले विरोध जनाएका छन् । साउदीले मानव अधिकारको उल्लंघन गरिरहेको आरोप उनीहरूको छ ।

एम्नेस्टी इन्टरनेशनलले अन्य फरक २१ संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै फिफाको निर्णयको आलोचना गरेका छन् । धेरै मानिसको जीवन खतरामा रहेको भन्दै फिफाले सामान्य मानव अधिकार रक्षाका सुनिश्चितता नै नगरी साउदीलाई आयोजक बनाएको एम्नेस्टी इन्टरनेशनलको भनाइ छ ।

यसअघि २०२२ को कतार विश्वकपमा पनि फिफाको निर्णयको आलोचना भएको थियो । फिफाले २०३० को आयोजक राष्ट्र पनि घोषणा गरेको छ । पोर्चुगल, मोक्को र स्पेनले अधिकार प्राप्त गरे । अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पनि विश्वकप खेल संचालन हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT