Techie IT
२०८१ मंसीर २७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालजाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो

जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो


काठमाडाैँ । जाजरकोटको नलगाड नगरपालिकामा गएराति जीप पल्टिँदा पाँच जनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।

नलगाड पाँच कालिमाटीबाट नलगाड तीन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको जीप गएराति सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा नलगाड नगरपालिका ३ करुवा बस्ने जीप चालक अन्दाजी ३१ वर्षीय इन्द्रजित थापा, त्यही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उहाँको एक महिनाको छोरा आलोचन रोकाको ज्यान गएको हो ।

घाइतेमध्ये एक जना उपचारपछि घर फर्किसकेका र अर्का एक जनाको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जापानको सहयोगमा हुम्लामा बाल गृह निर्माण

काठमाडौं । जापान सरकारको अनुदान १ करोड ३५ लाखको लागतमा हुम्लाको सरदमुकाम सिमीकोटमा बाल गृहको भवन निर्माण सम्पन्न भएको छ

काठमाडौँको टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौं । संघीय राजधानी काठमाडौंको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका

जाजरकोटमा जीप दुर्घटना हुँदा १ शिशु सहित ५ जनाको मृत्यु

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक

‘जिम्मेवारी पूरा गर्दा सुविधा आफैं प्राप्त हुन्छ’

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवालाई सुविधाका रुपमा नभइ जिम्मेवारीका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्

बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडाैँ । वैदेशिक रोजगारीमा बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको

अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ

Techie IT