Techie IT
२०८१ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनमुकुन र मेनुकाको ‘गणपति’ भदौ १४ मा

मुकुन र मेनुकाको ‘गणपति’ भदौ १४ मा


काठमाडौँ। चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ। रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो।

सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ निर्माण थालनीबाटै चर्चामा छ। लक्ष्मण रिजाल निर्माता रहेको चलचित्रको बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दैछन्। चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतले अभिनय गरेका छन्।

बिज्ञान केसी र अर्बिन्द्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायाँकन हरिबहादुर घलेले गरेका हुन्। अनिश अधिकारीको शब्द र संगीत रहेको चलचित्र तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको हो।
‘गणपति’ अत्यन्तै राम्रो भएकाले आफू यो चलचित्रमा जोडिएको प्रस्तुतकर्ता रामप्रसाद रिजालले जानकारी दिएका छन्। ‘म निरन्तर फिल्म निर्माणमा छु । सरर ‘गणपति’ हेरें, मन छोयो। त्यसकारण अघि बढें’, यसअघि ‘वान डे’, ‘कसम’,‘धुँवा यो नशा’, ‘कायरा’ र ‘डिसेम्बर फल्स’ निर्माण गरिसकेका रामप्रसाद भन्छन्, ‘गणपति’ ले दर्शकमाझ एउटा नौलो आयाम प्रस्तुत गर्नेमा म बिश्वस्त छु।’ भगवान र मान्छेबीचको अन्तरसम्बन्ध र अन्तरको कथा भन्ने चलचित्रको फस्र्टलुकले दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ।

‘बुलबुल’ र ‘झिंगेदाउ’ को सफलतापछि आफ्नो तेश्रो चलचित्र स्वरुप ‘गणपति’ दर्शकमाझ आउन लागेकोमा अभिनेता मुकुन निकै उत्साहीत छन्। उनले ‘गणपति’ आफ्नो लागि बिशेष भएको बताउदै आएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम

काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज

Techie IT