गृहपृष्ठ ∕
खेल ∕
सुदूरपश्चिमले काठमाडाैँलाई ७३ रनले हरायो सुदूरपश्चिमले काठमाडाैँलाई ७३ रनले हरायो
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडाैँ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाडाैँलाई ७३ रनले हराएको हो ।
सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडाैँ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो । काठमाडाैँका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए । भीम सार्की र गेरहार्ड इरास्मसले १०/१० तथा सुमित महर्जनले १४ रन बनाए । सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । यस्तै अविनाश बोहराले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको काठमाडाैँले २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए ।
काठमाडाैँका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिए । सुदूरपश्चिमले अहिलेसम्म खेलका दुवै खेल जितेको छ । काठमाडाैँले तीन खेलमा एक जीतसहित दुई अङ्क जोडेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई