Techie IT
२०८१ मंसीर १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार


बनियानी (झापा) । जिल्लाको शिवसताक्षी नगरपालिका-१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा प्रवेशद्वारको उद्घाटन गरे ।

नवनिर्मित प्रवेशद्वारमाथि पशुपतिनाथ, स्वयम्भुलगायत विभिन्न जनजातिका पहिचान झल्काउने आकृति राखेर बहुसांस्कृतिक रूपमा विकास गरिने योजना रहेको नगरप्रमुख थोप्राले बताए । पर्यटकीयस्थल दोमुखाको चौतर्फी विकासमा नगरपालिका योजनाबद्ध रूपमा लागेको उनको भनाइ छ ।

“चालु आर्थिक वर्षमा रु एक करोड लगानी गर्नेछौँ”, नगरप्रमुख थोप्राले भने, “सडकमा बत्ती, रात्रिकालीन पर्यटकलाई मनोरञ्जन दिने पूर्वाधार निर्माण गर्ने योजना छ ।” उनका अनुसार प्रवेशद्वारसँगै दोमुखाबाट वनभोजस्थल हुँदै स्वीमिङपुलसम्म जाने सात सय ३० मिटर सडकसमेत इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको छ ।

प्रवेशद्वार र सडक रु ८४ लाख ६१ हजार पाँच सय ५० मा भीमेश्वर कन्स्ट्रसन प्रालिले निर्माण गरेको हो । निर्माणाधीन उक्त सडक छ मिटर चौडा रहेका छ भने ६० एमएमको ब्लक लगाइएको छ ।

कार्यक्रममा नगर उपप्रमुख कार्कीले दोमुखा शिवसताक्षी नगरको गहना भएकाले यसको विकास र प्रवर्द्धनमा पालिका निरन्तर लागिरहेको बताए । नगर क्षेत्रमा रहेका तीन वटा पर्यटकीयस्थल दोमुखा, सतासीधाम र चिल्लागढले यस क्षेत्रको पहिचान बनाएको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्दै लैजाने उनले उल्लेख गरे ।

शिवसताक्षी–१० का वडाध्यक्ष हर्कबहादुर सिगुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुम्हाङ्फेले उपस्थित सबैलाई स्वागत गरेका थिए। कार्यक्रम सञ्चालन लेखा शाखा प्रमुख प्रकाश योङ्हाङले गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडाैँ । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका

काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल

हवाई भाडामा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडा पनि वृद्धि भएको छ ।

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार

नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

चीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी

Techie IT