Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिउपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक

उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक


काठमाडौँ । आइतबार भएको उपचुनावको अहिलेसम्म ३६ वटा पदको नतिजा सार्वजनिक भएको छ । दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३२ वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।

गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । यसअघि २०७९ को चुनावमा दुवै गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको थियो ।

यस्तै, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छिन् । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो । यसअघि कांग्रेसले नै जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।

नतिजा सार्वजनिक भएका ३२ वडाध्यक्षमध्ये कांग्रेसले १६, एमालेले ५, माओवादी केन्द्रले ५, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् ।

अब एक मेयर, दुई उपाध्यक्ष र तीन वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT