Techie IT
२०८१ मंसीर १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु


रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ ।

निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो। पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशीको कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त

काठमाडौँ । नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका छन् ।

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलो पटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा…

काठमाडौँ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षको लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणका लागि चीन

दाङमा काैडा खेल्दै गरेका १७ जना पक्राउ

दाङ । दाङमा काैडा खेलिरहेकाे अवस्थामा १७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका- १५ अमृत टोलस्थित ठाकुर खनालले पैसाको

रामजानकी विवाह पञ्चमी महोत्सव अन्र्तगत आज फूलबारी लीला

जनकपुर । सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत दोस्रो दिन आज फूलबारी लीला कार्यक्रम गरिँदैछ । जानकी मन्दिरसँगै रहेको विवाह

Techie IT