Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादीले स्वामीकार्तिक खापरको उपाध्यक्षमा एकीकृत समाजवादीलाई समर्थन गर्ने

माओवादीले स्वामीकार्तिक खापरको उपाध्यक्षमा एकीकृत समाजवादीलाई समर्थन गर्ने


काठमाडौँ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्ने भएको छ ।

माओवादीबाट उम्मेदवारी दिएकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिँदै एमालेलाई समर्थन गरेपछि पार्टीले एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी जवा शाहीलाई समर्थन गर्ने भएको हो ।

माओवादीका प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले पार्टीबाट उम्मेदवार बनेकी विकले पार्टीको निर्देशनविपरीत क्रियाकलाप गरेको भन्दै नेकपा एसलाई समर्थन गर्न निर्देशन दिएका हुन् ।

निर्देशनमा भनिएको छ, ‘उपनिर्वाचनमा माओवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रबाट उम्मेदवारी फिर्ता लिएर राजुकुमारी बिक एमालेको चुनाव प्रचारमा सहभागी भएको सम्बन्धमा यो पार्टीको केन्द्रीय नीति र निर्देशनविपरीत क्रियाकलाप रहेको छ ।

केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको छ । त्यसैले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिन्छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT