गृहपृष्ठ ∕ खेल ∕ पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदैपुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदै नेपालीपत्र बिहीबार, २०८१ मंसीर १३ गते, ११:४६ मा प्रकाशित खेल काठमाडाैँ । इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली आज थाइल्याण्ड जाँदै छ ।पर्सि शनिवार नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ जना पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारीले जानकारी दिए ।महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने छन् । प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आइटीओ) मा पुस्करराज पन्त रहेका छन् । पन्त बक्सिङमा नेपालका एक मात्र आइटीओ हुन् । #बक्सिङ च्याम्पियनशिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनपीएलको उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि शुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलका लागि १२ हजार टिकट ‘सोल्ड एनपीएलको ट्रफी अनावरणकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। धरहरा परिसरमा आज बिहान आयोजित कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्नेकाठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् चितवन राइनोजको ‘जर्सी’ सार्वजनिकचितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिककाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५ एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेरधेरै पढिएका खबर १ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल २ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि ३ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ४ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्ने ७ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्सThe Film Nepal