Techie IT
२०८१ मंसीर १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च

अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च


एजेन्सी । अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ ।

न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य तीस वर्षको उच्च मूल्य स्तर पार गर्दै ३ सय २० दशमलब १० अमेरिकी सेन्टसम्म पुगेको हो । यो वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिए सँगै मुल्य उच्च भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ब्राजिलमा उत्पादन हुने अरेबिका कफीको मूल्य सन् १९७७ मा अहिले सम्मकै उच्च ३ सय ३७ दशमलब ५० अमेरिकी सेन्ट थियो । विश्वको सबै भन्दा ठूलो कफी उत्पादक देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नु परेको छ ।

यसले सन् २०२५÷२०२६ मा कफीको उत्पादनमा ह्रास आउने भएपछि कफीको मूल्यमा वृद्धि भएको हो । ‘रेड सी’ मा ढुवानीमा अवरोध, सम्भावित अमेरिकी कर वृद्धि र भविष्यमा वन फडानीमा युरोपेली युनियनको नियमन जस्ता भूराजनीतिक कारकहरूले पनि मूल्य बढेको समाचारमा उललेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत

काठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

लिस्बन (पोर्चुगल) । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा

इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब

कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा

Techie IT