Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइमरान खान सेनासँग वार्ता गर्न तयार

इमरान खान सेनासँग वार्ता गर्न तयार


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शहबाज सरिफ सरकारसँग वार्ता गर्न अस्वीकार गरेका छन् । तर, उनले सेनासँग वार्ता गर्न राजी रहेको बताएका छन् ।

इमरान खानले सेनालाई देशको वास्तविक निर्णयकर्ता भनेका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अध्यक्षले सोमबार इस्लामावाद उच्च अदालत (आईएचसी) मा उपस्थित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।

सो क्रममा उनले सरकारलाई शक्तिहीन भन्दै वार्ता गर्ने अधिकार नभएको बताए ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मंगलबार इमरान खानलाई उनी राजनीतिज्ञहरूसँग वार्ता गर्न तयार छन् कि भनेर सोधिएको थियो।

यस प्रश्नको जवाफमा खानले वास्तविक निर्णय गर्नेहरू सेनाभित्रै भएकाले आफू वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT