गृहपृष्ठ ∕
नेपाल ∕
निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित
काठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित भएको छ । निगमका विमान चालकहरू सेवा सुविधा वृद्धिको माग गर्दै हड्तालमा उत्रिएपछि आइतबार भारतको मुम्बई र युनाइटेड अरब इमिरेट्स (यूएई) का उडान तोकिएको समयमै हुन नसक्दा सयौं यात्रु अलपत्र परेका छन् ।
चालकहरु आन्दोलनमा उत्रिएका कारण उडान निर्धारित समयमा हुन नसकेको निगमले जनाएको छ । निगमले चालकको माग सम्बोधनका लागि प्रयास गरिरहेको पनि जनाएको छ । निगमले पर्यटन मन्त्रालय लगायत सम्बन्धिन निकायसँग यसबारेमा पटक—पटक छलफल भएको र माग सम्बोधनका लागि प्रयास भइरहेको पनि जानकारी गराएको छ ।
माग सम्बोधनका लागि निगम गम्भीरतापूर्वक लागेकाले कुनै पनि उडान प्रभावित नगर्न विमान चालकहरुलाई निगमले आग्रह गरेको छ । अत्यावश्यक सेवा र वस्तुमा बन्दहड्ताल गर्न नपाइने कानुनी व्यवस्था भए पनि त्यसलाई उल्लंघन गर्दै विमान चालकहरु आमहड्तालमा उत्रिँदा निगमका उडानहरु प्रभावित भएका छन् । निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभएर साख र इज्जतमा समेत नकरात्मक प्रभाव परेको निगमले विज्ञप्ति मार्फत् जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर