गृहपृष्ठ ∕
नेपाल ∕
सिङ्गापुरको लाहुरे हुँ, बिहे गर्छु भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ सिङ्गापुरको लाहुरे हुँ, बिहे गर्छु भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ

सांकेतिक फोटो
काठमाडाैँ । फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडान नम्बर ५ घर भई काठमाडाैँकाे चन्द्रागिरि बस्ने रुद्रबहादुर गुरुङ रहेका काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गुरुङले नक्कली खाताको दुरुपयोग गर्दै केटी साथीहरू बनाई आफू फ्रान्स–सिङ्गापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानका लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्द घनी ठगी गरेका थिए । उनले आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी काठमाण्डौ, चितवनका विभिन्न ठाउँमा भेटन बोलाई चेक तथा नगरी गरी १६ लाख ८३ हजार ६ सय र विभिन्न व्यक्तिको नाममा रहेका २६ वटा ई–सेवा वालेटमा १० लाख ९९ हजार ६ सय गरी २७ लाख ८३ हजार दुई सय रुपैयाँ ठगी गरेका थिए ।
ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि गुरुङलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर