Techie IT
२०८१ मंसीर ३, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिए

हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिए


एजेन्सी । इजरायली रक्षा बल आईडीएफको आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह)का प्रवक्ता मोहम्मद अफिफ मारिएका छन । लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफको मृत्यु भएको हो । अफिफ हिजबुल्लाहका उच्च सञ्चारसम्बन्ध अधिकारी र बेरुतका धेरै पत्रकारहरूका लागि सङ्गठनको सम्पर्क व्यक्ति थिए ।

उनी गएको सेप्टेम्बर २७ मा मारिएका हेजबुल्लाहका पूर्वमहासचिव हसन नसरल्लाहको सञ्चार सल्लाहकारसमेत रहेका अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यस अघि हमासका नेता लक्षित आक्रमण गरिरहेको आईडीएफले केही समयदेखि हिजबुल्लाहका शीर्ष तहका नेताहरू लक्षित आक्रमणलाई बढाएको छ ।

प्यालेस्टाइनी समूह हमासले इजरायलमा आक्रमण गरेयता नै इजरायलले हिजबुल्लाहविरुद्ध पनि आक्रमण गरिरहेको छ । इजरायली सेनाको आक्रमणमा लेबनानमा कम्तीमा ३ हजार जनाको ज्यान गइसकेको छ । १४ हजारभन्दा बढी घाइते भइसकेका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकाको अवैध सुन खानीका मजदुर माथि कारवाही

एजेन्सी । दक्षिण अफ्रिकाले अवैध सुन खानीका मजदुर माथिको कारवाही तीव्र बनाएको छ । चार हजार अवैध आप्रवासी कामदार बसेको

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

काठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन्

अमेरिकी राष्ट्रपति ट्रम्पको सजायको फैसला अदालतद्वारा स्थगित

काठमाडाैँ । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा

जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित

काठमाडाैँ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

पेजर आक्रमणको जिम्मेवारी इजरायलले लियो

एजेन्सी । लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन

Techie IT