Techie IT
२०८१ कात्तिक ३०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेल१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो


काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ ।

अस्ति बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले नेट रनरेटका आधारमा सन् २०२५ मा मलेसियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

विश्वकपमा छनोट भएका खेलाडीसहितको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले स्वागत गरेका छन् । विश्वकपमा पुगेसँगै नेपालले यही डिसेम्बरमा मलेसियामा नै हुने एसीसी १९ वर्षमुनिका महिला टी–२० एशिया कपमा समेत खेल्ने अवसर पाएको छ ।

यसैबीच, क्यानले १९ वर्षमुनिको महिला टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ नगद र टिममा रहेका अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्ने

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड

नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

काठमाडाैँ । यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२०

नेपालले आज ताजकिस्तान सँग खेल्दै

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिम सँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ । ताजकिस्तानको दुसनबेमा नेपाल घरेलु

वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ ।

राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडर

काठमाडौँ । अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएका छन् । लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ

महिला क्रिकेट: युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया…

काठमाडौँ । युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार युएईको अजमानमा

Techie IT