Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालद ब्रिटिस कलेजमा करियर फेस्ट हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने

द ब्रिटिस कलेजमा करियर फेस्ट हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने


काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५ र २६ नोभेम्बरको दिन थाथापलीस्थित कलेज हातामा करियर फेस्टको आयोजना हुन लागेको हो ।

देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरू फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थीमात्रै नभई सर्वसाधरणहरु र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याई रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने, र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यको साथ यो कार्यक्रमको आयोजना भएको कलेजले जनाएको छ ।

५० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहने फेस्ट, रोजगारदाता तथा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरुको लागि फलदायी हुने कम्पनीको विश्वास छ । फेस्टमा सहभागी हुने रोजगारदाता कम्पनीहरूले सो संस्थाको बिभिन्न पक्षहरुको बारेमा जानकारी प्रदान गर्नेछन् । साथै, सो कम्पनीहरुले प्रत्यक्ष अन्तरर्वार्ता लिई रोजगारीको अवसर समेत प्रदान गर्न सक्नेछन् । एउटै मञ्चबाट दुवै पक्षले फाइदा लिन सक्ने फेस्ट सरल र प्रभावकारी माध्यम भएको कलेजको विश्वास छ ।

ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’को समस्या समाधान गर्नको लागि यो पहल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । ‘रोजगारीको अवसर पाउन कठिन भइरहेकोले नेपालबाट क्षमतावान् व्यक्तिहरू पलायन भइरहेको छन् । करियर फेस्ट २०२४ ले स्थानीय प्रतिभा पहिचान गर्दै रोजगारीको अवसर चाहिएका व्यक्तिहरूलाई नेपालमै सन्तोषजनक काम प्रदान गर्नको लागि आयोजना गरिएको हो,’ प्रिन्सिपल म्याकक्रुडेनले भन्नुभयो, ‘यस्ता खालका कार्यक्रमहरूले प्रतिभा बाहिरिने प्रवृत्तिलाई रोक्न मद्दत पुर्याउन सक्छ, जसले नेपालको आर्थिक विकासलाई मजबुत बनाउन र उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्नेछ ।’

ग्रोथ सेलर्सका संस्थापक, मोहन ओझाले ब्रिटिस कलेजले आयोजना गर्न लागेको फेस्ट रोजगारी खोज्नेहरूलाई फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । ‘हामी सबै रोजगारी खोजिरहनुभएका व्यक्तिहरुलाई आवेदन दिन र कार्यक्रम दौरान आफ्नो लक्ष्यसँग मेल खाने कम्पनीहरूलाई भेट्नको निमन्त्रणा गर्दछौं,’ ओझाले भन्नुभयो, ‘यो तपाईंको भविष्यलाई आकार दिन सक्ने सम्बन्धहरू बनाउनको लागि एक विशेष मौका हो । यस मौकाको फाइदा उठाउनको लागि यथाशक्य चाँडो रजिस्टर गरि अवसरको फाइदा उठाउनको लागि अनुरोध गर्दछु ।’

करियर फेस्ट केवल रोजगारी मेला मात्र नभई, एउटा व्यावसायिक विकास केन्द्र हो । फेस्टमा सहभागीहरूले सीभीबारेको कार्यशाला, करियर गाइडेन्सका शत्रहरु, र मास्टरक्लासहरूमा पहुँच पाउनेछन् । यस्ता गतिविधिले सहभागीहरुको कार्यक्षेत्रमा सफल हुन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्नेछ । इच्छुकहरुले ब्रिटिस कलेजको वेभसाइट www.thebritishcollege.edu.np/event/the-british-college-career-fest-2024 मा गई रजिस्टर गर्नुपर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT