Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेले केशकुमारी तुलाचनलाई बनायो पुथा उत्तरगंगा उपाध्यक्षमा उम्मेदवार

एमालेले केशकुमारी तुलाचनलाई बनायो पुथा उत्तरगंगा उपाध्यक्षमा उम्मेदवार


काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदवार बनाउने भएको छ ।

उनी एमाले जिल्ला कमिटीको उपसचिव हुन् । मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेले तुलाचनलाई उम्मेदवार बनाउने भएको हो । त्यस्तै वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

सम्बन्धित पालिका कमिटीमार्फत उपाध्यक्षमा ३ र वडाध्यक्षमा २ जनालाई जिल्ला पार्टीले सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको र त्यसैमध्येबाट २ जनालाई उम्मेदवार बनाउने तय भएको एमाले रुकुम पूर्वले जनाएको छ ।

यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएकी पालिका उपाध्यक्ष भूपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते बागलुङमा जिप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT