काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर तेस्रो साता चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ प्रधानमन्त्री ली कियाङले आगामी डिसेम्बर पहिलो साता (मंसिर तेस्रो साता) प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् ।
‘उताबाट निम्तो आएको छ, अब यताबाट निर्णय गर्न बाँकी छ’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘मिति तोकेर भ्रमणको निम्तो आइसकेको छ ।’
गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि चिनमा उनको पहिलो औपचारिक विदेश भ्रमण हो ।
पहिलो विदेश भ्रमण प्रधानमन्त्री ओलीले चीनबाट सुरु गर्न लागेका हुन् ।