Techie IT
२०८१ कात्तिक १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालतिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदै

तिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदै


काठमाडाैँ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

आज बिहान ११ बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक आजदेखि शुरू भएको हो । आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ । धनतेरसका दिन सुनचाँदीलगायतका गहना, सिक्का किन्ने गरिन्छ ।

यसवर्ष यमदीपदान भोलि अर्थात् बुधवारदेखि शुरू हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहार भोलि परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । धनवन्तरी जयन्ती पनि भोलि बुधवार परेको छ ।

तिथिको घटबढका कारण पर्सि बिहीवार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । बिहीवार अरुणोदयकालमा स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए ।

बिहीवार दिउँसो तीन बजेर १४ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि त्यसै दिन गर्नुपरेको समितिले जनाएको छ । गाईगोरुपूजा कात्तिक १७ गते शनिवार परेको छ । गोवर्द्धन पूजा र आत्म (म्ह) पूजा पनि त्यसैदिन परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष नेपाल संवत् ११४५ पनि शुरू हुनेछ ।

कात्तिक १८ गते आइतवार यसवर्षको भाइटीका मनाइँदैछ । बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभसाइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । तर बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । किजापूजा पनि कात्तिक १८ गते नै गरिन्छ । तिहारको अवसरमा किनमेल, तयारी र अन्य काम शुरू भइसकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन्

ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक

दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

सिरहा । लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख राम चलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्

बाढीपहिरोले मुहानमा क्षति गरेपछि काभ्रेमा दमकलवाट पानी वितरण

काभ्रे । असोज दोस्रो सातामो आएको अबिरल बर्षपछिको बाढि र पहिरोले मुहान सहित पानीको पाईप बगाइ दिएपछि काभे्रका धेरै ठाउँमा

Techie IT