Techie IT
२०८१ कात्तिक १०, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनआरएनएले कात्तिक ११ र १२ गते ग्लोबल कन्क्लेभ आयोजना गर्ने

एनआरएनएले कात्तिक ११ र १२ गते ग्लोबल कन्क्लेभ आयोजना गर्ने


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक ११ र १२ गते काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’भन्ने नाराका साथ काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

कन्क्लेभमा सातवटा प्लेनरी सत्र रहने र स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहने संघले जनाएको छ । कन्क्लेभको पहिलो दिन नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभावलगायत विषयमा छलफल हुने अध्यक्ष बद्री केसीले जानकारी दिए ।

दोश्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतमा संघको भूमिका लगायतका विषयमा छलफल हुनेछ । संघका अध्यक्ष केसीले जलवायु परिवर्तनले देखिएको विनासका कारणका बारेमा छुट्टै सेसनमा छलफल हुने जानकारी दिए ।

उनले नेपालमा विपद् पर्दा संघले सहयोग गरेको भन्दै हालैको बाढिपहिरोपछि पनि ४४ भन्दा बढी जिल्लामा ९५ लाख बराबरको राहत बाँडेको बताए ।

संघमा लोकतान्त्रिक मूल्यमान्यता अनुसार भएको निर्वाचनको परिणाम चित्त नबुझाएर सडकबाटै आफूलाई अध्यक्ष घोषणा गरेको देखिएको भन्दै अध्यक्ष केसीले वैधानिक निकासका लागि संघ तयार रहेको बताए । उनले संस्था सञ्चालन गर्ने विधानमा समस्या देखिए आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको धारणा राखे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज शुक्रबार निधन भएको छ । उनको ९१ वर्षको

उपचुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण

काठमाडाैँ ।  आउँदो मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको

अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ: मन्त्री अधिकारी

सङ्खुवासभा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । जिल्ला

माइक्रोबस दुर्घटना हुँदा एउटै परिवारका ११ जना घाइते

धादिङ । काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । पारिवारिक भ्रमणमा

सिँचाइमन्त्री दीपक खड्का सरसफाइ अभियानमा सहभागी

काठमाडौं । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णयब अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का

कञ्चनपुरमा बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन्

Techie IT