Techie IT
२०८१ कात्तिक १०, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालअधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ: मन्त्री अधिकारी

अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ: मन्त्री अधिकारी


सङ्खुवासभा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् ।

जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाए । यही महिना भित्रै भूमि आयोग गठन गर्ने उनको भनाइ थियो ।

“मङ्सिर महिना भित्र सबै जिल्लामा भूमी आयोग गठन गरिसक्छौँ”, उनले भने । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहिनलाई जग्गा उपलव्ध गराउने उनले उल्लेख गरे । गरिबी निवारणलाई सरकारको उच्च प्राथमिकतामा राखेको मन्त्री अधिकारीको भनाइ थियो ।

लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनले बताए । जिल्ला मालपोत कार्यालयको भवन २ करोड २० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनआरएनएले कात्तिक ११ र १२ गते ग्लोबल कन्क्लेभ आयोजना गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक ११ र १२ गते काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ ।

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज शुक्रबार निधन भएको छ । उनको ९१ वर्षको

उपचुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण

काठमाडाैँ ।  आउँदो मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको

माइक्रोबस दुर्घटना हुँदा एउटै परिवारका ११ जना घाइते

धादिङ । काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । पारिवारिक भ्रमणमा

सिँचाइमन्त्री दीपक खड्का सरसफाइ अभियानमा सहभागी

काठमाडौं । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णयब अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का

कञ्चनपुरमा बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन्

Techie IT