गृहपृष्ठ ∕ नेपाल ∕ रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमतिरवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति नेपालीपत्र बिहीबार, २०८१ कात्तिक ८ गते, १५:०४ मा प्रकाशित नेपाल पोखरा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो । गत शुक्रबार काठमाडौँमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले बिहीबार फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो । #कास्की जिल्ला अदालतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सय दिनको उपलक्ष्यमा शिक्षामन्त्रीले शिक्षा विधेयकमाथि छलफल गर्नेकाठमाडौँ । संसद्को शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकका तिहारपछि छलफल हुने भएको छ । संशोधनकर्ताहरूसँगको छलफल सकिएपछि समितिले तिहारपछि छविलाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमतिकाठमाडौँ । कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ IEEEXtreme 18.0: विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुनेकाठमाडौँ । विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने भएको छ । विद्यार्थी टोलीहरूबिच जटिल प्रोग्रामिङ चुनौतीहरू समाधान गर्न IEEEXtreme 18.0 IEEE आलोकनगरस्थित घरको चौथोतलाबाट लडेर एक जनाको मृत्युकाठमाडौँ । आलोकनगरस्थित एक घरको चौथोतला बाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको भक्तपुर अस्पताल उत्कृष्ट ठहरियोभक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालय द्वारा रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयोपोखरा । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाईधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ३ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ४ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ५ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ६ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ७ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेलThe Film Nepal