Techie IT
२०८१ कात्तिक ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालवर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन् । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरे ।

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गथ्र्यो ।” उनले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

“पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोक्यौँ”, ओलीले भने, “त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गर्‍यौं, पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको सङ्ख्या दुई सय ७४ वटा पुग्यो । तीमध्ये एक सय ८५ वटा काम सम्पन्न भएका छन् ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकारले सहकारी ठगी गर्नेलाई कानुनी कारवाहीमा ल्याएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गरेका छन्

छविलाललाई आज रुपन्देहीबाट पोखरा लगिँदै

काठमाडौँ । सहकारी बचत अपचलनमा पक्राउ परी कास्कीबाट रुपन्देही ल्याइएका पूर्वडिआइजी छविलाल जोशीसँग बयान सकिएको छ । बयान सकिएकाले जोशीलाई

रवि पक्राउपछि अदालत र सरकारलाई दबाब दिने प्रयास हुँदैछ: गृहमन्त्री…

काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुबीच राष्ट्रिय मुद्धामा एक ढिक्का भएर अघि बढ्ने सहमति भएको छ। बालुवाटारमा बसेको बैठकले

सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छ: उद्योगमन्त्री भण्डारी

कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन् ।

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल

ललितपुरमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ ।  ललितपुरमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बिहान २:३७ बजे ललितपुरको बागमती गाउँपालिका-३ माझखोलामा

Techie IT