Techie IT
२०८१ कात्तिक ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलराष्ट्रिय पुरुष क्रिकेटका लागि अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा

राष्ट्रिय पुरुष क्रिकेटका लागि अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा


कास्की । नेपाल क्रिकेट सङ्घको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मङ्गलबार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्य समेत छन् । वाई वाई अण्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गते देखि शुरु हुँदैछ ।

प्रादेशिक टोलीको छनोटका लागि सङ्घले गत असोज ७ गते देखि १३ गते सम्म पोखरा क्रिकेट रङ्गशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । तर, सो प्रतियोगिता प्रतिकूल मौसमका कारण पूरा सञ्चालन हुन सकेको थिएन ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी प्रशिक्षकहरुको रायका आधारमा पहिलो चरणमा ३७ खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । असोज अन्तिम साता सञ्चालन भएको बन्द प्रशिक्षण पछि अन्तिम टोलीका खेलाडी चयन गरिएको हो ।

टोलीमा करन पगेनी, सोहेल कुँवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अश्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।

वैकिल्पक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार छन् । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा अविशेषक ढकाल रहेका छन् ।

गण्डकीको टोली सन्तुलित रहेकाले उपाधिको दावेदार रहेको अध्यक्ष सिग्देलले बताए। उनले भने, “गण्डकीको टिममा नयाँ र अनुभवी दुवै खेलाडी छन् । टोली सन्तुलित छ । उपाधिको आस गरेका छौँ ।” गण्डकीले प्रतियोगिताको आफ्नो पहिलो खेल कात्तिक ११ गते मधेस प्रदेश सँग खेल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा बिहीबार घरेलु टोली नेपालले श्रीलंका सँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ साढे ५ बजे दशरथ

यू-१७ एसियन कप आजबाट, नेपाल र जापान भिड्दै

काठमाडौँ । एएफसी यू-१७ एसियन कप छनोट आजबाट सुरु हुँदैछ । खेल कतारको हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति

पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका फिलिपलाई भित्र्यायो

काठमाडौँ । वेस्ट इन्डिजका बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । वेस्ट इन्डिजका

माल्दिभ्सकाे पाेस्टमा नेपालकाे ११ गाेल

काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा आयोजक

नवीन न्यौपाने पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भिड्दै नेपाल

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूहको आफ्नो दोस्रो खेलमा आज माल्दिभ्सँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ

Techie IT