Techie IT
२०८१ कात्तिक ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालरास्वपाका २ उपसभापतिसहित ९ जनाविरुद्ध युवराज सफलले दिए जाहेरी

रास्वपाका २ उपसभापतिसहित ९ जनाविरुद्ध युवराज सफलले दिए जाहेरी


काठमाडौँ । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् ।

सफलले दुई जना उपसभापतिसहित रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, डा.तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको सफलले जानकारी दिए ।

उनका अनुसार उनीहरूले मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोहसम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुर गरेका छन् । उक्त कसुरदारलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार उनीहरूलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाहीको माग सफलले गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन स्वास्थ्यमन्त्रीद्वारा सुझाव समिति गठन

काठमाडौँ । उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन्

सुनकोशीको बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछबाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली

पर्साका जसपा नेपालका नेता तेली जसपामा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा जसपा

बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत

विचाराधीन विधेयक पेश गर्न सभामुख घिमिरेको निर्देशन

काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिनुभएको छ । सिहंदरबारमा रहेको

धनराजको पूर्वपत्नी ज्योति सहित दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न…

काठमाडौँ । ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न

Techie IT