Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने

बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने


बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज यहाँ मंगलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे ।

उनले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने, व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्ने बताए । साथै उनले स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारिने बताए ।

सङ्घीयता लागू भएपछि अस्पतालका प्राविधिक तथा अन्य जनशक्तिमा वृद्धिका साथै स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको स्वास्थ्यमन्त्री किरण थापामगरको भनाइ छ ।

वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बिरामीको स्वास्थ्य सुधारलाई केन्द्रमा राखेर स्वास्थ्यकर्मीले सेवा गर्नुपर्नेमा जोड दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

रवि लामिछाने कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान

Techie IT