Techie IT
२०८१ कात्तिक ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठAustraliaबेलायतका राजारानीको सिड्नी भ्रमणको क्रममा आदिवासी प्रदर्शनकारी पक्राउ

बेलायतका राजारानीको सिड्नी भ्रमणको क्रममा आदिवासी प्रदर्शनकारी पक्राउ


एजेन्सी । बेलायती राजा चाल्र्स र महारानी क्यामिलाको अष्ट्रेलिया भ्रमणको अन्तिम दिन उनीहरुको स्वागतका लागि सडकमा भीड लागिरहेका बेला बिरोध प्रदर्शन गर्ने एक आदिबासी कार्यकर्तालाई पक्राउ गरिएको छ ।

गत शुक्रबार बेलायती राजारानी ५ दिने भ्रमणमा अष्ट्रेलिया पुगेका थिए । राजारानीको भ्रमणको अन्तिम दिन उनीहरुलाई हेर्न र स्वातगका लागि सडकमा धेरै ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । त्यहीबेला ब्रिस्बेनका प्रख्यात आदिवासी कार्यकर्ता वेन व्हार्टनलाई राजतन्त्र विरोधी नारा लगाएर अघि बढ्न खोज्दा प्रहरीले पक्राउ गरेको हो सोमबार अष्ट्रेलियाको संसदमा बेलायती राजाले संबोधन गरिसकेर आसनग्रहण गरिरहँदा स्वतन्त्र आदिवासी सांसद लिडिया थोर्पेले ’तपाईं मेरो राजा होइन’ भनेर चिच्याएकी थिइन् । उनको सिको गर्दै आदिवासी कार्यकर्ता वेनले पनि हाम्रो राजा होइन’ भनेर चिच्याए ।

तर राजनीतिज्ञहरू र केही आदिवासी नेताहरूले थोर्पेको र बेनको व्यवहारको निन्दा गरेका छन् । बेनलाई प्रहरीले पक्राउ गरेपछि राजारानीलाई हेर्न भेला भएका मानिसले प्रहरीको प्रहरीको प्रशंसा गरेका छन् । उनीहरुले बेलायती राजा रानीप्रति निकै ठूलो सम्मान प्रकट गरे । राजारानीको बिरोध गर्ने थोर्पे र वेनप्रति अष्ट्रेलियाका मानिसहरुले वेवास्ता गरे । स्वतन्त्र सिनेटरको विरोधलाई केही आदिवासी कार्यकर्ताहरूले बहादुरको रूपमा प्रशंसा गरेका छन्, तर अन्य प्रमुख आदिवासी अस्ट्रेलियालीहरूले यसलाई “लज्जास्पद“ र अपमानजनक भनी निन्दा गरेका छन्।

राजा चार्ल्सले मंगलबार रेडफर्नमा आदिवासी उत्कृष्टताको राष्ट्रिय केन्द्रको भ्रमण गरे । जहाँ उनले आदिवासी नेताहरुसँग भेट गरे।

कुनै समय अस्ट्रेलिया बेलायतको उपनिवेश रहेको थियो । त्यतिबेला बेलायतले आदिबासी अष्ट्रेलियालीको नरसंहार गरेको आरोप छ । त्यसकारण राजा चार्ल्सको चर्को विरोध गरिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ

सिड्नीमा गजल मुशायरा हुँदै

सिड्नी । अष्ट्रेलियामा एक दशकअघिबाट सुरु भएको गजल मुशायराको नयाँ संस्करण आगामी २२ सेप्टेम्बरमा सिड्नीमा हुने भएको छ । साहित्यकार

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ ।

अष्ट्रेलियाको मेलबर्नमा युद्धविरोधी प्रदर्शनमा झडप

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दर्जनौं व्यक्ति पक्राउ परेका छन् । अष्ट्रेलियाको दोस्रो ठूलो

अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखाको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा

सिड्नीका नेपाली व्यवसायी राजमान थकालीको निधन

सिड्नी । सिड्नीका नेपाली व्यवसायी राजमान थकालीको निधन भएको छ । सिड्नीस्थित मुग्लान नेपाली रेष्टुरेन्टका सञ्चालक थकालीको शनिबार राति निधन

Techie IT