Techie IT
२०८१ कात्तिक ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रपति पौडेल विदेश भ्रमणमा अजरबैजान जाने

राष्ट्रपति पौडेल विदेश भ्रमणमा अजरबैजान जाने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल युरोपेली राष्ट्र अजरबैजान भ्रमण जाने भएका छन् ।

पूर्वी युरोप र पश्चिम एसियाको बीचमा पर्ने युरोपेली राष्ट्रपति अजरबैजानको भ्रमणमा उनी कात्तिक अन्तिम साता जानेछन् ।

जलवायु परिवर्तन सम्बन्धी विश्वसम्मेलन (कोप समिट) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति अजरबैजान जान लागेका हुन् ।

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने सन् २०२४ को संस्करणको कोप समिट (२०२४) आगामी २६ कात्तिकदेखि ७ मंसिरमा अजरबैजानको राजधानी बाकुमा हुँदैछ ।

राष्ट्रपतिको पहिलो विदेश भ्रमणपनि युरोपमै भएको थियो । गत जेठमा उनी युरोपेली राष्ट्रहरू जर्मनी र स्वीट्जरल्याण्डको भ्रमणमा गएका थिए ।

यसमध्ये जर्मनीको भ्रमण द्वीपक्षीय थियो भने स्वीट्जरल्याण्डको भ्रमण जेनेभामा ३१ जेठमा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ सम्मेलनका लागि थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

धनराजको पूर्वपत्नी ज्योति सहित दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न…

काठमाडौँ । ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

अमेरिका । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड द्वारा सम्मानित भएकी छन् । अमेरिकी विदेश मन्त्री

अर्थमन्त्री विष्णु पौडेल अमेरिका प्रस्थान

काठमाडौँ । उप प्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेल अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा

ललितपुर महानगरले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर सफा गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर आउँदो शनिवार सफा गर्ने भएको छ । महानगरले हिजो आयोजना

प्रतिवादीसँग दान लिएर एमालेले भ्रष्टाचारको पक्षपोषण गर्‍यो: ट्रान्सपरेन्सी इन्टरनेशनलले भन्यो

काठमाडौं । नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर भएका भाटभटेनीका साहु मीनबहादुर गुरुङबाट सरकारको नेतृत्व गरिरहेको नेपाल

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद्

Techie IT