Techie IT
२०८१ कात्तिक ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरवि लामिछाने पक्राउको बिरोधमा आज पनि पोखरामा प्रदर्शन

रवि लामिछाने पक्राउको बिरोधमा आज पनि पोखरामा प्रदर्शन


काठमाडौँ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजपनि कास्कीमा प्रदर्शन गरेको छ ।

राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारबाही गर’ भन्दै नारा लगाएका छन् ।

गत शुक्रबार पक्राउ परेकालामिछानेलाई जिल्ला अदालत, कास्कीले ६ दिन हिरासतमा राख्न अनुमति दिएपछि पनि रास्वपाले पृथ्वी चोकमा खबरदारी सभा गरेको हो । सभापति लामिछाने पक्राउ परेसँगै रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गर्दै आएको छ । पोखरामा हुने प्रदर्शनमा प्रत्येक जिल्लाबाट कम्तिमा १ सय जना कार्यकर्तालाई पोखरा आउन पार्टीले सर्कुलर समेत जारी गरेको छ ।

आईतबार प्रहरी र प्रदर्शनकारीवीच तनाव समेत भएको थियो । प्रदर्शनकारी जिल्ला अदालततर्फ बढेपछि प्रहरीलेअश्रुग्यास र पानीको फोहराले तितरवितर पारेको थियो । प्रदर्शन हुने सम्भावनालाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ । शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो । सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो । विरोध प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाका नेताहरुले बताएका छन् ।

लामिछानेलाई संसदीय छानबिन विशेष समितिले पोखराको सुर्य दर्शन लगायतका सहकारीको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । समितिले उनलाई सहकारी बचत अपचलन गरेकोमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत सो मिडियामा लगेर अपचलन गरेको आरोप छ । लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हाइटी गिरोहको आक्रमणमा २ जनाको मृत्यु, ५ हजार विस्थापित

एजेन्सी । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिला सहित २ महिलाको मृत्यु हुनुका साथै ५

बेलायतका राजारानीको सिड्नी भ्रमणको क्रममा आदिवासी प्रदर्शनकारी पक्राउ

एजेन्सी । बेलायती राजा चाल्र्स र महारानी क्यामिलाको अष्ट्रेलिया भ्रमणको अन्तिम दिन उनीहरुको स्वागतका लागि सडकमा भीड लागिरहेका बेला बिरोध

सुनको भाउमा ताेलाकाे १ लाख ६५ हजार ९ सय रुपैयाँ…

काठमाडाैँ । सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

अमेरिका । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड द्वारा सम्मानित भएकी छन् । अमेरिकी विदेश मन्त्री

अर्थमन्त्री विष्णु पौडेल अमेरिका प्रस्थान

काठमाडौँ । उप प्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेल अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा

ललितपुर महानगरले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर सफा गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर आउँदो शनिवार सफा गर्ने भएको छ । महानगरले हिजो आयोजना

Techie IT